१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – अमेरिकाका विभिन्न राज्यका संसद भवन अगाडि सानो समूहमा प्रदर्शनकारी भेला भएका छन् । केही प्रदर्शनकारीहरु हतियारयुक्त रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी ६ मा वासिङ्गटन डिसीमा रहेको संघीय संसद भवनमा भएको हिंसात्मक आक्रमण तथा प्रदर्शनपछि देशभर सुरक्षा जोखिम बढेको चेतावनी दिइएको थियो ।त्यसपछि सुरक्षा व्यवस्था कडा पारिए पनि टेक्सास, ओरिगन, मिसिगन, ओहायोसहितका राज्यका राजधानीमा हतियारसहितका प्रदर्शनकारीहरु राज्य संसद भवन (स्टेट हाउस) अगाडि भेला भएका हुन् ।जनवरी २० मा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पद तथा गोपनियताको शपथ लिँदै छन् । चुनावको नतिजा अस्वीकार गरि आफ्नो पक्षमा उल्ट्याउन हरसम्भव प्रयास गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले जनवरी ६ मा संसद भवनमा आक्रमण गरेका थिए ।सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो । त्यसपछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले बाइडेनको शपथ ग्रहणलाई प्रभावित पार्नका लागि देशभर प्रदर्शनको तयारी भएको र हिंसात्मक गतिविधि हुन सक्ने चेतावनी दिएको थियो ।सुरक्षा व्यवस्था कडा पारिए पनि ट्रम्प समर्थक तथा दक्षिण पन्थी अनलाइन नेटवर्कहरुमा हतियारसहितको प्रदर्शनका लागि आह्वान गरिएको छ ।ओहायोको राजधानी कोलम्बसमा बूगालू बोइज समूहका झण्डै २५ युवाहरु हतियारसहित आइतबार भेला भएको द न्यूयोर्क टाइम्सले जनाएको छ । तर सो प्रदर्शनमा सहभागी भएकाहरुले बन्दुक अधिकारको पक्षमा आफूहरुको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत नै भेला भएको बताएको उल्लेख छ ।

यस्तै मिसिगनमा राइफलसहितका केही प्रदर्शनकारी भेला भएका हुन् । टेक्सासको राजधानी अस्टिनमा पनि राफलसहितका केही प्रदर्शनकारीले राज्य संसद भवन अघि प्रदर्शन गरेका छन् ।आउँदो बुधबार बाइडेनले शपथ लिँदै छन् । सो दिन देशभर प्रदर्शन हुन सक्ने भन्दै सुरक्षाव्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]