०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – बेल्जियमको ब्रसेल्समा कोरोना महामारी रोक्न हालको कफ्र्यु आगामी १ मार्चसम्म निरन्तर जारी रहने भएको छ। ब्रसेल्सका ‘मिनिस्टर प्रेसिडेन्ट रुदी भर्भाेर्ट’ ले राति १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु जारी रहेको जानकारीसहित विज्ञप्ति जारी गरेका हुन्।

मास्क लगाउने, अपराह्न ८ बजे पसलहरू बन्द हुने र सार्वजनिक ठाउँमा मदिरा सेवनको प्रतिबन्ध पनि यथावत हुनेछ। सुरुमा, कफ्र्यु र अन्य उपायहरू १५ जनवरीमा समाप्त गर्ने घोषणा गरिएको थियो। ‘कोभिड–१९ संक्रमण हुनबाट जोगिन, स्वास्थ्यकर्मीहरूमाथि दबाब कम गर्न, अस्पतालहरूको सामान्य सञ्चालन र सबै बिरामीहरूको हेरचाह सुनिश्चित गर्नका लागि यी उपायहरू अपनाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कफ्र्युको मुख्य उद्देश्य भनेको सबैको स्वास्थ्यको रक्षा गर्नु हो। जसरी पनि तेस्रो छालबाट बच्नु हो।’

बालोनिया फ्रेन्च प्रान्तले पनि सोही कदम चालेको छ। समग्र बेल्जियमले देशव्यापी रूपमा आगामी १ मार्चसम्म अर्ध–लकडाउन विस्तार गर्ने घोषणा गरिसकेको छ। गृहमन्त्री एनेलिस भेर्लिडेनका अनुसार यो अवस्था सबैभन्दा खराब अवस्था हो।

एक करोड १६ लाख १७ हजार जनसंख्या रहेको भाषिक पहिचानसहितको संघीय र राजतन्त्रात्मक देश बेल्जियममा जनवरी १६ सम्म ६ लाख ७५ हजार कोरोना संक्रमित तथा २० हजार बढीको निधन भइसकेको छ। आइतबार २ हजार २ सय ३ जना नयाँ बिरामी देखिएका थिए। कोरोना मुक्त हुनेको संख्या न्युन अर्थात् ४६ हजार मात्र रहेका छन् भने ६ लाख ७ हजार जनाको उपचार भइरहेको छ।

आगामी मार्च महिनासम्म ७५ प्रतिशत जनसंख्यालाई कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारको रहेको छ भने खोप उत्पादन फाइजर कम्पनीको प्लान्ट प्युर बेल्जियममै छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]