१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – बजार महंगीले अहिलेसम्मकै उच्च सीमा पार गरेको भन्दै कन्जुमर आई नेपालले सरकार नै बिचौलियाँको मतियार बनेको आरोप लगाएको छ । पछिल्लो समय बजारमा उपभोग्य वस्तु नुन देखि सुनसम्मको बजार भाऊ उपभोक्ताले धान्नै नसक्ने गरि अचाक्ली बढेको भन्दै कन्जुमर आईले सरकारमाथि यस्तो आरोप लगाएको हो ।

बजार व्यवस्थापनको सवालमा सरकार अर्थात् राज्य नै मौन बनिदिँदा व्यवसायी तथा बिचौलियाँहरुले वस्तुको बजार भाऊ मनलाग्दी बढाएको र यसले सर्वसाधारण उपभोक्ताको नराम्ररी ढाड सेक्ने काम गरेको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले रातोपाटीसँग बताए । ‘अहिले बजार महङ्गी अस्वभाविक रुपमा बढेको छ । सामान्य दैनिक उपभोग्य वस्तुहरु नुन, तेल, दाल चामल देखि निर्माण सामाग्रीहरु रड, छड् सिमेन्ट लयातका बजार भाऊ आकाशिएको छ । तर, सरकार भने यस विषय प्रति मौनछ ।’ महासचिव खनालले भने, ‘यसरी सर्वसाधारण जनताको दैनिकी चलाउन समेत मुस्किल पर्ने गरि बजार महङ्गी बढ्दा समेत मौन रहने सरकारलाई के भन्ने ? यसको मतलब सरकार आफै बिचौलियाँहरुको मतियार बन्दैछ’ खनालले भने ।

त्यसो त गत महिना यता मात्र झण्डै ५० प्रतिशतले नै बजार महंगी बढेको महासचिव खनालको भनाई छ । विशेष गरि अहिले बजारमा खाने तेल, तरकारी, फलफूल लगायत निर्माण सामाग्रीहरुमा अत्यधिक मूल्य बढेको उनको भनाई छ । यसै सन्दर्भमा कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले अविलम्ब बजार अनुगमन, निरीक्षण र महंगी नियन्त्रण गर्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]