१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ ।

तालमा फसेर घाइते भई अचेत अवस्थामा रहेको करिब तीन वर्षको जरायोलाई आइतबार बिहान उद्धार गरी उपचार थालिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएका छ ।तालको बीचमा जरायो फसेको भन्ने स्थानीयबाट खबर पाएपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरेको सहायक वन अधिकृत टेक रावलले जानकारी दिए ।रावलका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जंगलबाट बाहिर निस्केको र अचेत अवस्थामा डौडिदाँ बुलबुलेको तारजालिमा ठोक्किँदा घाइते भएको अनुमान गरिएको छ ।

जरायोको टाउकोमा चोट लागेको छ । उपचारपछि निको भएपछि काँक्रेविहार जंगलमा छाडिने छ ।पछिल्लो समय काँक्रेविहार जंगलमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । रातिको समय जंगलमा चोरी सिकारी बढेपछि जनावर असुरक्षित भई बाहिर निस्कन थालेको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]