२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। ललितपुर, नवलपरासी -पूर्व, बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर गोदावरी नगरपालिका-२ लट्टा भन्ज्याङ्स्थित सडकमा बा.४ ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका टिपरका चालक काभ्रे पाँचखाल बस्ने २४ वर्षीय अजय तमाङको सोही अस्पतालमा उपचार भइरहेको छ।यस्तै, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-४ चुलिबोझास्थित सडकमा लु.३ त ७६०७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक देवचुली नगरपालिका-९ बस्ने २५ वर्षिया विकास गोतामे मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।त्यसैगरी, बर्दिया ठाकुरबाबा नगरपालिका-५ वनविरस्थित सडकमा से।२ प १३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ वनविर गाउँ बस्ने पैदलयात्री ५० वर्षीया उचानी थारुको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, सिन्धुलीको तिनपाटन गाउँपालिका-११ स्थित सडकमा ना.६ त २७४४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भइ शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३४ वर्षीया लालु माया तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य ४ जनालाइ उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी चकभडे पठाएकोमा ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन्। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।यस्तै, पर्साको वीरगंज महानगरपालिका-१६ गणेशटोल नगवास्थित सडकमा ना.२ ह ६६३९ नम्बरको इलेक्ट्रोनिक रिक्साले ठेलालाइ शनिबार साँझ ठक्कर दिँदा ठेला चालक सोही ठाउँ बस्ने ६० वर्षीय रामचरण साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल कलेज विरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो। इलेक्ट्रोनिक रिक्सा चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।त्यसैगरी, सप्तरीको खड्क नगरपालिका-८ गिरधारी राइस मिल नजिक सडकमा स.१ त २५१२ नम्बरको रोकिरहेको ट्याक्टरमा मे।१ ज २४५२ नम्बरको सुमोले आइतबार बिहान ठक्कर दिँदा सुमोमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सुमोका चालक पाँचथर फिदिम नगरपालिका-३ बस्ने ३४ वर्षीय टेक बहादुर दर्जीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ। दुबै सवारी साधन र ट्याक्टर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै, कास्कीको पोखरा महानगरपालिका-१ याम्दीस्थित सडकमा बा.२ च ७४१० नम्बरको जिप आफैँ अनियन्त्रित भइ शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिप चालक सोही महानगरपालिका-१० रामबजार बस्ने ५० वर्षीय प्रकाश पुन र जिपमा सवार सोही महानगरपालिका उत्तम चोक बस्ने ५२ वर्षीया चित्रा पुनको मृत्यु भएको छ। प्रकाशको पश्चिम क्षेत्रीय अस्पताल र चित्राको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ७ जनाको साहारा अस्पतालमा उपचार भइरहेको छ।त्यसैगरी, मोरङको सुन्दरहरैँचा नगरपालिका-१० सुकुनास्थित सडकमा बिआर ०६ जिडि ५५५२ नम्बरको ट्रकले बा.८८ प ४६९६ नम्बरको मोटरसाइकललाइ शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका-६ बस्ने २४ वर्षीय हित कुमार राइको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका बयेरबन बस्ने ३५ वर्षीया डोल्मा राइ तथा उनकी ११ वर्षीया छोरी सुनिमा राइको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ट्रक चालक भारत बस्ने ५८ वर्षीय उमा शंकर सिंहलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।यस्तै, सुनसरी इटहरी उपमहानगरपालिका-२ आँपगाछी चोकमा को.१ ख ५५२७ नम्बरको ट्रकले को.३२ प ६७१६ नम्बरको मोटरसाकललाइ शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-१० बस्ने ३० वर्षीय बिक्रम चोम्जोङको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय साहिल तुलाधरलाइ थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ। दुबै सवारी साधन र ट्रक चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-१ रानीखोलास्थित सडकमा प्रदेश१ ०२-०४१ प ४९७१ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भइ सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-१ विहिवारे बस्ने २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा धरान अस्पताल हुँदै नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। चालक सामान्य घाइते भएका छन्।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]