१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९५ प्रतिशत सङ्क्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता बेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ जनाको ज्यान गएको हो । यो सँगै विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालीकाे सङ्ख्या २० देशमा ३ सय १९ पुगेको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थालेपछि संघ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्याशाला सम्पन्न भैसकेको संघले जनाएकाे छ । त्यस कार्यशालामा मनरोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रञ्जन थापाले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । मध्यपूर्व, मलेसिया लगायत देशमा रहेका नेपालीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]