०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा न. ६ स्थित अाज बिहान सुमोले रोकिएको ट्याक्टर ठोकिदाँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

जिल्लाकाे खड्क नगरपालिका वडा न. ८ गिरधारी राईस मिल स्थित राजमार्गमा रोकी राखेको स.१ त २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
सो दुर्घटनामा परी सुमोमा सवार झापा जिल्लाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने मानप्रसाद लिम्बुको २५ वर्षीय छोरा रुपेश लिम्बुको मृत्यु भएको प्रहरीले बताइएको छ । दुर्घटना परी गम्भीर घाइते उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटना परेर सुमो चालक पाँचथरको फिदिम नगरपालिका वडा न. ३ बस्ने वर्ष ३४ को टेकबहादुर दर्जी, सुमो सवार झापा गौराद नगरपालिका ४ वस्ने वर्ष ३६ को जितबहादुर श्रेष्ठ घाइते भएका छन । चालकको छिन्नमस्ता अस्पताल राजविराज र श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ
यता दुर्घटनामा परेका ट्याक्टर, सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]