सप्तरी – निर्वाचन आयोगले सर्वदलीय छलफल गर्ने भएको छ । आयोगले आइतबार निर्वाचनबारे छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी वैशाखमा हुने निर्वाचनबारे छलफल गर्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संसद विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका छन् संसद विघटन गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । त्यस्तै नेपाली कांग्रेसलगायतका अन्य राजनीतिक दलहरुले पनि विरोध गरिरहेका छन् ।