०५ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी गरिएपछि विवाद देखिएको हो ।

यसअघि पुरातात्विक सम्पदा रानीपोखरीको पुनर्निर्माणका क्रममा पनि सुरुवाती चरणमा अहिले कमलपोखरीमा जस्तै विवाद देखिएको थियो । काठमाडौं महानगरपालिकाले पुनर्निर्माण सुरु गरेको रानीपोखरीमा ढुंगा, सिमेन्टको प्रयोग गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको थियो ।महानगरपालिकाले विवाद हल गरेर पुनर्निर्माणको काम अघि बढाउन नसकेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरी पुनर्निर्माणको जिम्मा दिएको थियो । प्राधिकरणले प्राचीनकालीन शैलीमै स्थानीयको समेत सहभागितामा रानीपोखरी पुनर्निर्माण अघि बढाएको थियो । कोरोना भाइरस, लकडाउन तथा निषेधाज्ञाको सामना गर्दै हाल रानीपोखपरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।अहिले काठमाडौं महानगरपालिले नै पुनर्निर्माण सुरु गरेको कमलपोखरीमा पनि रानीपोखरीको जस्तै विवाद खडा भएको छ । स्थानीय सरोकारवालाले कमलपोखरीको ऐतिहासिकता जोगाउन आन्दोलन सुरु गरेका छन् ।महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै स्थानीय सरोकारवाला तथा सम्पदा बचाउ अभियानले पोखरीको बीचमा उभिएर शुक्रबार ‘प्ले कार्ड×’सहित विरोध जनाएको छ । ‘डियर मेयर रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौं’ लिखित प्ले कार्ड बोकेका उनीहरूले कमलपोखरीलाई कंक्रिट पोखरीमा परिणत नगर्न आग्रह गरेका छन् ।

महानगरपालिकाका प्रमुख इन्जिनियर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएको सम्पदा बचाउ अभियानमा उत्रिएकाहरूको भनाइ छ ।स्थानीय सरोकारवालाले सिमेन्ट र डन्डीको प्रयोग नगर्न आग्रह गरेका छन् । महानगरपालिकाले यसपटक पनि रानीपोखरीमा जस्तै गल्ती दोहो¥याइरहेको पाइएको छ ।कमलपोखरी निर्माणका लागि दसैंअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिराचिरा परेको छ ।

पोखरी निर्माणका लागि १९ असार २०७६ मा शिलान्यास गरिएको थियो । कार्यादेश भने ६ असारमा नै दिइएको थियो । १५ असार २०७७ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि कमलपोखरी निर्माण अझै अलपत्र छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]