२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि सरकार तत्पर रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरी शाखाको १०औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

मुख्यमन्त्री राउतले देशमा संकट आउँदा पत्रकारहरुले खेल्ने भूमिका महत्वपूर्ण हुने गरेको बताए।

‘कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने गर्दछ’, मुख्यमन्त्री राउतले भने, ‘सञ्चार क्षेत्रको विकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन। प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको छ।’

प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको समस्याप्रति गम्भीर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुको तमाम समस्या समाधान गर्न सरकार  प्रतिबद्ध रहेको  बताए। मुख्यमन्त्री राउतले देशको अस्थिर अवस्थामा पत्रकारहरुको थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निम्त्याएको जटिल अवस्थालाई सही दिशामा ल्याउन अझ सशक्त रुपमा भूमिका निर्वाह गर्न  आग्रह गरे।

मुख्यमन्त्री राउतले संविधानको विपरीत गई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमन तिर धकेलेकोले ओली सरकारको तानाशाही असंवैधानिक ‘कू’विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]