०९ फाल्गुण २०८०, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन १५, २०७७

सप्तरी , असोज-१५ गते ।
प्रदेश नम्बर १ सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीनाकाबाट दुई किशोरीलाई उद्धार गरिएका छन । भण्टाबारी स्थित सिमामा खटिएको नेपालप्रहरीको टोलीले हिजो विहान किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका-४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान-१९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन । पक्राउ परेकाहरुले सिमा नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन । पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, आफुलाइ कुनै प्रकारको रोग भए ठिक हुने तथा पुजा समाप्त हुना साथ पारिश्रमिक बापत केहि रकम समेत दिलाइ घर फर्काई दिने भनि पक्राउ परेकाहरुले अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर मानव बेचविखन तथा ओसार-पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]