०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – कोभिड–१९ महामारीसँगै शिथिल भएको घरजग्गा कारोबारले पुरानै बाटो समातेको छ । पुस महिनामा देशभर भएको घरजग्गाको किनबेच तथा कारोबारले पुरानै लयलाई समात्न थालेको देखिएको हो ।

पुस महिनामा देशभर जग्गासँग सम्बन्धित २ लाख ३६ हजार कारोबार भएका छन् । यो भूमि व्यवस्थापन सूचना प्रणाली (एलआरएमबिआईएस) मा आवद्ध भएका देशभरका मालपोत कार्यालयबाट प्राप्त भएको विवरण हो । यस्तो कारोबार मंसिर महिनामा १ लाख ६८ हजारमा सीमित थियो भने मंसिर कात्तिक महिनामा १ लाख ४ हजार कारोबार मात्रै भएका थिए । पुस महिनामा भएको यो कारोबार मंसिर महिनाको तुलनामा ४० प्रतिशत बढी हो भने कात्तिक महिनाको तुलनामा १ सय २६ प्रतिशत बढी हो । मालपोत कार्यालयहरुले अहिले निजी तथा गुठी जग्गाको लिखत पारित, नामसारी, संशोधन, हाल साविक, दाखिल खारेज, रोक्का, फुकुवा लगायतका सेवाहरु दिँदै आएको छ । यी सबै सेवा समेत गरी एक महिनामा सो परिमाणका कारोबार भएको हो । त्यसमध्ये सबैभन्दा धेरै कारोबार जग्गाको लिखित पारित गर्नेसँग सम्बन्धित भएका छन् । एक महिनामा करिब ९० हजार कारोबार यसअन्तर्गत भएको पाइएको छ ।

७ हजार जग्गा किनबेच :
पुस महिनामा मात्रै देशभरका कार्यालयबाट ७ हजार भन्दा बढी जग्गा किनबेच भएका छन् । यो महिनामा कुल ७ हजार ३ सय ५२ वटा घरजग्गाहरु किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको एकीकृत तथ्यांकले देखाएको छ । अघिल्लो महिना ३ हजार ३ सय ५९ वटा जग्गा मात्रै किनबेच भएका थियो । पुस महिनाको जग्गा किनबेच मंसिर महिनाको भन्दा दोब्बर बढी हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]