०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – सप्तरी सामुदायिक विकास केन्द्र नेपालले यहाँका दुई स्वास्थ्यचौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ । युनिसेफ र एनसिभीको आर्थिक सहयोगमा केन्द्रद्वारा सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो ।

जिल्लाको रुपनी गाउँपालिका–६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका–८ स्थित भङ्गहा स्वास्थ्यचौकीमा फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए । क्वारेन्टिन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाइ, स्वच्छता व्यवस्थापन, पूर्वाधार मर्मतसम्भार तथा नयाँ निर्माण र पानी शुद्धीकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको उनको भनाइ छ ।

सो अवसरमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव र प्रमुख प्रशासकीय अधिकृत रेनुका साह, वडाध्यक्ष लक्ष्मीकान्त चौधरी, एनसिभी नेपालका अध्यक्ष गौतम यादवलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]