११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – ०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखामा ९५ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पमा क्षति भएका गोरखा ७२ हजार ८२२ वटा घरधुरीमध्ये ५९ हजार ३९५ वटा निजी आवास पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ।

भूकम्प प्रभावित ३२ जिल्लामध्ये सबैभन्दा धेरै पुनर्निर्माणमा प्रगति गर्ने जिल्ला गोरखा भएको जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले जानकारी दिए। उनका अनुसार ७० हजार १३६ जनाले पहिलो किस्ता लगिसकेका छन्। त्यस्तै, ६५ हजार सात सय १७ जनाले दोस्रो किस्ता लगेका छन् भने ५९ हजार ३९५ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लगिसकेका छन्।जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार भूकम्पमा परी गोरखामा ६७ हजार ७८ घरधुरी पूर्णरुपमा क्षति भएको थिए भने पाँच हजार सात सय ४४ घरधुरी आंशिक क्षति भएका थिए। आंशिक क्षति भएका घर प्रबलीकरण गर्न भने भूकम्पपीडितले रुचि नदेखाएको कार्यालयले जनायो। आंशिक क्षति भएका पाँच हजार सात सय ४४ घरधुरीमध्ये सात जनाले मात्र दोस्रो किस्ता लगेका तर तेस्रो किस्ता कसैले नलगेको कार्यालयको तथ्यांकमा उल्लेख छ।चार हजार आठ सय ७२ घरधुरीले पहिलो किस्ता लगेका थिए। प्रबलीकरण गर्नुपर्नेको सूचीमा रहेकाहरूले पूर्ण क्षति भएको दाबी गर्दै सोहीबमोजिम लाभग्राही सूचीका लागि निवेदन दिएका जिमालीका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए।जोखिमयुक्त भनेर पहिचान भएका पाँच सय ३२ र भूमिहीन दुई सय ३५ घरधुरीमध्ये जोखिमयुक्त तीनसय ६३ र भूमिहीन १२६ जनाले दुई लाख रुपैयाँका दरले अनुदान लिएर घडेरीको लालपुर्जा पाइसकेका छन्। चार सय ३६ जना जोखिमयुक्त समुदाय र ६१ जना भूमिहीनले घर बनाइसकेका जिमाली कार्यालयले जनाएको छ।

त्यसैगरी, गोरखाका दुई सय ७३ जना लाभग्राहीले सरकारबाट प्राप्त अनुदान फिर्ता गरेका छन्। दोहोरो लाभ लिएका र अन्यत्र घर भएकाको कारण देखाउँदै उनीहरूले अनुदान फिर्ता गरी लाभग्राही सूचीबाट हट्न चाहेको बताइएको छ। उनीहरूबाट एक करोड ४० लाख ५० हजार रुपैयाँ फिर्ता गरिएको जिमाली प्रमुख आचार्यले जानकारी दिए। त्यस्तै, भूकम्पीय पुनर्लाभ परियोजनाअन्तर्गत गोरखामा तीन वटा सडक कालोपत्रे भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]