१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – बेसीशहर नगरपालिका ११ चिती बरबोटमा रहेका चेपाङ बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । बरबोटको चेपाङवस्तीमा रहेका २२ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । चितवनमा रहेको दुःखको साथी संस्था र सामाजिक अभियान्ता अन्सुल लोहनीको समन्वयमा बालबालिकालाई न्यानो कपडा प्रदान गरेको सामाजिक अभियान्ता अन्सुल लोहनीले बताए ।

उनले भने ‘चितवनमा रहेको दुःखको साथी संस्थाको सहयोगमा बरवोटको चेपाङ वस्तीमा रहेका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । न्यानो कपडा पाएसँगै चेपाङ बालबालिका खुसी भएका छन् । साँझ–बिहान हातमुख जोर्न धौ–धौ पर्ने यी परिवार कहीं कतैबाट राहत आएमा मात्रै खुसीको सास फेर्छन् । चेपाङ समुदायकी अगुवा अमृता चेपाङ भन्छिन् ‘कसैले खाद्यान्न र कसैले लत्ताकपडा ल्याइदिन्छन् ।’

वरबोट फाँटमा ९ र हिलेटक्सारको भिरकुनामा २ घर गरि जिल्लामा कूल ११ घर चेपाङको बसोबास रहेको छ । आर्थिक, शैक्षिक, स्वास्थ्य र रोजगारीका दृष्टिकोणले निकै पछाडी परेका चेपाङहरुको गुजारा सामान्य ज्याला मजदुरी, अधियाँ प्रथाको खेतीबाली, बाख्रा र कुखुराबाट चल्दै आएको ६४ वर्षे सुकमान चेपाङ बताउँछन् ।

चेपाङ संघकी जिल्ला अध्यक्ष कल्पना चेपाङका अनुसार खान–लाउनकै लागि चेपाङ समुदायलाई ऋण गनुपर्ने बाध्यता छ । गाउँमा कसैको राम्रो आम्दानी हुने रोजगार छैन, मेलापात र ज्याला मजदुरी गरि खान्छन् । धेरैजसो बालबालिका पढ्नमा भन्दा घरायसी कामकाज, ज्यालामा मेलापात, गाईवस्तुको गोठालो, भाइबैनीको धरालोमै भुल्ने स्थानीय गोविन्दराज पन्त बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]