०४ बैशाख २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ ।

आफ्ना आफन्त र साथीभाइको उपस्थितीमा बरुण र नताशाले बिहे गर्न लागेका हुन् । यसका लागि अलिबागको सम्पूर्ण रिसोर्टहरु बुक गरिएको छ ।बरुण र नताशाको बिहे समारोह जनवरी २२, २३ र २४ तारिखमा हुनेछ । कोरोना भाइरसका कारण यसको सुरक्षा मापदण्डलाई पछ्याउँदै बरुण र उनको परिवारले करिब ५० जना नजिकका मानिसहरुलाई मात्र बिहेमा निमन्त्रणा गरेको छ ।

बिहेको करिब एक महिनापछि मुम्बइमा बिहे भोजको आयोजना गरिनेछ । बरुण र उनका पिता डेभिड धवन पञ्जाबी शैलीको बिहे रुचाउँछन् । तर, कोरोनाका कारण उनीहरुको यो योजना भने संभव हुन सकेन ।बरुण र नताशाले बिहेको औपचारिक घोषणा भने गरेका छैनन् । तर, उनीहरुको बिहेको तयारी भने धुमधामसँग चलिरहेको भारतीय मिडियाको दाबी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]