
सप्तरी – भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
महानगरीय प्रहरी वृत जागातीको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर घर भएका ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला पारेको हो। बिहिबार राति ८ बजेतिर सुर्यविनायक पलासेस्थित गणेश बाल विकास स्कुल नजिकैको खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।
उनी दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने गरेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिउँसो काम गरेर मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफै लडी मृत्यु भएको देखिएको छ।
घटनाको थप अनुसन्धान गर्न पोष्टमार्टको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगिएको डिएसपी गिरीले जानकारी दिए।