सप्तरी – प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मधेश संस्कृतिको जननी भएको वताएका
छन ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं ४ कविलाशामा सरदार जातीद्वारा अायोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्नुहुदै मन्त्री साहले साे कुरा बताउनुभएकाे हाे ।
श्री श्री १०८ श्री गैढ़ सिंह बाबा मंन्दिर मेला समितिद्वारा अायोजित मेलाको उदघाटन गर्दै मन्त्री साहले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै अाईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको वताउनुहुदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताएका छन ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिका साथै बुद्धिजीवी ,भद्रभलादमि ,समाजसेवि सहितकाे उपस्थिति रहेकाे थियाे ।