१२ माघ २०७७, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – रोग निको पारिदिने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार मृत्यु भएको हो ।

घटना रेसुंगा नगरपालिका–१, ओख्रेनी तीनधारामा भएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई सन्चो बनाउने बहानामा तातो फलामले डामेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए । ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ देखि निरन्तरजसो श्रेष्ठको घरमा जाने गरेका थिए ।प्रहरीका अनुसार मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार रामप्रसाद र शान्तिलाले उपचार गर्ने भन्दै खाना खान नदिई फलामे रड, प्लास्टिक पाइप तथा स्टिलको झाँजर तताई रामबहादुरको शरीरका विभिन्न भागमा डामेका थिए । त्यसपछि उनीहरूले आफैं सन्चो भएर उठ्ने भन्दै छाडिदिएको र त्यही क्रममा उनको मृत्यु भएको हो । टोपलालाई पनि श्रेष्ठ दम्पतीले रोग निको पारिदिने बहानामा पुस २४ गते डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]