१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – नेपालका प्राचीन शहरलाई पुनर्जीवन प्रदान गरिने भएको छ । भूकम्पले क्षति गरेका शहरहरु मात्रै नभई विभिन्न कारणले क्षयीकरण भएका प्राचीन शहरहरुको गुरुयोजना निर्माण गरी पुनर्जीवन दिने विषयमा सरोकारवालाले निष्कर्ष निकालेका छन् ।

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल नगरपालिका संघ, पुनर्निर्माण प्राधिकरण र नगर विकास कोषको सहकार्यमा धुलिखेलको पुरानो बस्तीहरुलाई पुरानै मौलिक शैलीमा पुनर्निर्माण गर्न तथा पुराना सम्पदाको संरक्षण र संवद्र्धन गर्न सबै पक्षको उत्तिकै सहभागिता रहेको निष्कर्ष निकालिएको छ ।नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नेपालका प्राचीन शहरहरु भूकम्प तथा अन्य विपत्ति र विविध कारणबाट नष्ट हुँदै गएकाले त्यस्ता शहरहरुको गुरुयोजना निर्माण गरी पुनर्जीवन दिनुपर्ने बताउनुभयो ।नेपालका सबै प्राचीन शहरहरुको पुनर्निर्माण गर्न राष्ट्रिय विपद् व्यवस्थापन केन्द्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगर विकास कोष, नेपाल नगरपालिका संघ, संरक्षण नेपाल र सरोकारवाला निकायहरु सक्रिय हुने बताइएको छ ।कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ग्रामीण भेगमा भन्दा शहरी भेगमा पुनर्निर्माणको कार्य कठिन भएको बताउनुभयो । प्राचीन शहरहरुमा गरिने पुनर्निर्माण पुरानै शैलीमा गर्नुपर्ने भएकाले दक्ष जनशक्तिको अभाव, बजेट तथा स्थानीयहरुको कम चासो भएकाले सहज हुन कठिन हुने बताउनुभयो ।स्थानीय सरकारहरुले चासो दिँदा पुनर्निर्माणले गति लिने भएकाले साझेदारीमा गर्ने गरी गुरुयोजना निर्माण, डिजाइन तथा इस्टमेट र नक्सा पासमा सहुलियत आवश्यक रहेको बताउनुभयो। स्थानीयहरुको चासो र सक्रियता हुँदा मात्रै पुनर्निर्माण सम्भव हुने ज्ञवालीले बताउनुभयो ।कार्यक्रममा नगर विकास कोषका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले नगर क्षेत्रभित्रको शहरहरुको निर्माण र पुनर्निर्माणमा स्थानीय सरकारहरुसँग समन्वय गर्न तयार रहेको बताउनुभयो । नेपाल नगरपालिका संघका कार्यकारी अधिकृत कलानिधि देवकोटाले सबै निकायसँग समन्वय गरी शहर निर्माण र प्राचीन शहरको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, वडाध्यक्ष रोमी ब्याञ्जु, रोटरी अध्यक्ष सुशील ब्याञ्जु, समाजसेवी दीर्घसिं बरुण, पूर्व वडाध्यक्ष पूर्णबहादुर कर्माचार्यलगायतले पुराना बस्तीको संरक्षण र पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो । धुलिखेल बजार, श्रीखण्डपुर र शंखुको इँट्टे बजारको पुनर्निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]