१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०१, २०७७

सप्तरी – हङकङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले चिनियाँ सैन्य स्रोतहरूलाई उद्धृत गर्दै चीनले भारतसँगको विवादित सीमाक्षेत्रबाट १० हजार सैनिक फिर्ता बोलाएको खबर दिएको छ ।

कठ्यांग्रिदो जाडोमा युद्धको सम्भावना न्यून रहेको अनुमान गर्दै चीनले सैनिक फिर्ता गरेको हो ।पत्रिकाका अनुसार, भारतीय पक्षले स्पष्टसँग देखोस् भनेर सैनिकहरूलाई सैन्य वाहनमा राखेर फिर्ता गरिएको हो । सिन्जियाङ र तिब्बत सैन्य क्षेत्रबाट सेना हटाइएको हो ।भारतीय सेनाले पनि चिनियाँ जनमुक्ति सेनाका ट्रेनिङ युनिटहरू तिब्बती पठारबाट हटाइएको पुष्टि गरेको छ तर संख्या दिएको छैन । तर पूर्वी लद्दाखमा गतिरोधको स्थितिमा रहेका सैनिकहरू फिर्ता नगरिएको बताइएको छ । सैनिक फिर्ता गरेको भए पनि चीनले बनाएका सडकका कारण वास्तविक नियन्त्रण रेखामा एक हप्ताको अवधिमा सेनाले सैन्य तैनाथी गर्ने क्षमता राख्छ ।

त्यसैले भारतीय सेना सतर्क भइरहनुपर्ने स्थिति रहेको भारतका राष्ट्रिय सुरक्षा योजनाकारहरूको भनाइ छ ।चीनको सर्वोच्च सैन्य निकाय सेन्ट्रल मिलिटरी कमिसनले हिमालय क्षेत्रको अत्यधिक चिसो मौसममा दुवै पक्षले लडाइँ गर्न असम्भव रहेको सुनिश्चित गर्दै सैनिकहरूलाई आरामका लागि फिर्ता बोलाएको साउथ चाइना मर्निङ पोस्टको खबर छ । चीनले आफ्नो सैनिक फिर्ता बोलाएर भारतबाट पनि त्यस्तै किसिमको अपेक्षा गरेको हुन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]