सप्तरी – साविक नेकपाका स्थायी कमिटी सदस्य एवम् निवर्तमान मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका वकिल (अधिवक्ता) हरूमाथि कटाक्ष छन्।
विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले आफ्नो पक्ष इतरका वकिलहरूमाथि कटु प्रहार गरेका हुन्।यसअघि पनि वकिलहरू लोकतन्त्रविरुद्ध लागेका र लोकतन्त्रवादीहरूलाई जेल पठाउनुपर्छ भनी बहस गरेका दावी गर्दै भट्टराईले अहिले प्रधानमन्त्री ओलीका पक्षमा पनि तिनैले बहस गरिरहेको लेखेका छन्।
तर, लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता/कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीको कदमको विपक्षमा रहेको पनि भट्टराईले दावी गरेका छन्।