भारतको नोएडामा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको भारतीय मिडियाले जनाएका छन् ।
भूकम्प रेक्टर स्केलमा २.९ मापन गरिएको थियो । तर, यसको झट्का ठूलो भएको त्यहाँका स्थानीयले जनाएका छन् । अहिलेसम्म यसबाट कुनै नोक्सानी भएको थाहा भइसकेको छैन ।
भारतको भूकम्प मापद केन्द्रका अनुसार भारतीय समय अनुसार बुधबार साँझ सात बजे यो भूकम्प मापन गरिएको हो ।