०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – मोरङको छुट्टा छुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका –१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुष मृत भेटिएका हुन् ।

विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक बुधबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको प्रहरीले बताएको छ । आफैंले चलाउने पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्रै उनी मृत भेटिएका हुन् । मंगलबार सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँगै सुतेका नुर नउठेपछि सह–चालकले प्रहरीलाई खबर गरेका थिए ।शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । मोरङको ग्रामथान गाउँपालिका–७ बाट मंगलबारदेखि हराइरहेका ३३ वर्षीय मनोज शाहको शव सुन्दरहरैचा नगरपालिका– ११ को झर्ना खोलामा भेटिएको छ ।

बुधबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनी मंगलबार दिउँसोबाट घरदेखि बेपत्ता भएका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर अनुसन्धान थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]