०१ बैशाख २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १३, २०७७

संखुवासभा घर भई हाल उर्लाबारी-७ स्थितमा बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको छ ।

मल्लिकलाई उर्लाबारी-७ मै होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आईताबार मल्लिक होटलमा खाजा खान गएको अवस्थामा गोपाल र उनि विच बादविबाद हुदा गोपालले एक्कासी उनलाइ कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए ।

वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा लगी उपचार गराईरहेकोमा उपचारकै क्रममा उनको आज विहान साढे ४ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यता कुटपिट गर्ने होटल संचालक गोपाल तामाङ लाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]