१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई बझाङका विभिन्न ठाउँमा कालो झन्डा देखाइएको छ । जिल्ला सदरमुकाम चैनपुरमा प्रधानमन्त्री केपी ओली समूहको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ आएका छन् ।

जिल्ला प्रवेशका क्रममा मन्त्री ठगुन्नालाई बित्थडिचर गाउँपालिको देउलेख, केदारस्युँ गाउँपालिको देउरा बजार र झोता बजार, दुर्गाथली गाउँपालिकाको झनाना बजार, छबिसपाथिभेरा गाउँपालिकाको भाँडेबजार र जयपृथ्वी नगरपालिकाको बाहुलीखोला पक्की पुल नजिक पुष्पकमल दाहाल–माधव नेपाल समूहको नेकपा कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।पार्टी दुई फ्याँक भएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गरेको हो । आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम आएका थिए । बझाङमा नेकपाका ओली र नेपाल–प्रचण्ड समूहले गुटगत कार्यक्रम गर्दै आएका छन् ।मन्त्री आगमनलाई लक्षित गरेर जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।

नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले विरोध र कालो झन्डा देखाउन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो । मन्त्री ठगुन्ना बझाङ पुग्नुअघि नेपाल–प्रचण्ड समूहका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]