१४ माघ २०७७, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो। उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए। अख्तियारले घुस रकम लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।
उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]