१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – प्राचिन कपिलवस्तुको तिलौराकोट दरबारमा बृहत सरसफाई अभियान संचालन गरिएको छ । लुम्बिनी विकास कोष र सेनाको संयुक्त टोलीले तिलौराकोट दरबारमा अभियान संचालन गरेको हो ।

फोहर र झारपातले कुरुप बन्दै गएपछि सरसफाइ अभियान संचानल गरिएको कोषले जनाएको छ ।तिलौराकोट दरबार क्षेत्रमा झाडी बढेपछि उत्खनन् गरिएको क्षेत्रसम्म जान र हेर्न पर्यटकले सास्ती भोग्दै आएका थिए ।श्री नारायण दल गण गोरुसिगेंका सेनानी गोबिन्द कुमार थापाको नेतृत्वमा नेपाली सेनाको १ सय भन्दा बढि जनाको संयुक्त टोली तथा कोषका कर्मचारीहरुले दरबारको मुख्य क्षेत्रमा सरसफाई गरेका थिए ।तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित गरिएको स्थान समेत हो । अन्तर्राष्ट्रिय महत्व बोकेको यस स्थानमा सरसफाई नहुँदा यहाँ आउने पर्यटकहरु निराश हुने गरेका स्थानीयहरुको अनुभव छ ।अन्तर्राष्ट्रिय तथा पुरातात्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफा गर्न सेनाको योगदान महत्वपूर्ण भएको लुम्बिनी बिकास कोष सम्पर्क कार्यालय कपिलबस्तुका प्रमुख माधव आचार्यले बताउनु भयो । प्रमुख आचार्यले विश्व बौद्ध दर्शनको महत्वपूर्ण क्षेत्रको विकासमा सबैको साथ आवश्यक रहेको बताउनु भयो ।

सरसफाई पछि दरबार क्षेत्र पुन: सुन्दर बन्ने र पर्यटकलाई उत्खनन् गरिएको क्षेत्र अवलोकनमा सहज हुने सेनानी गोबिन्द कुमार थापाले जानकारी दिनु भयो ।तिलौराकोटमा बेलायतको एउटा विश्वबिद्यालय र पुरातत्व बिभागको टोलीले बिगत ५ बर्षदेखि उत्खनन र अनुसन्धानको काम अघि बढाउँदै आएको छ ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]