सप्तरी – नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटनविरुद्ध परिचालित हुन मातहतका संगठनलाई परिपत्र गरेको छ।माउ पार्टीले तय गरेका विरोधका कार्यक्रमलाई सहयोग पुग्नेगरी देशैभर विरोध प्रर्दशन गरिने संघले जनाएको छ। पार्टीले घोषणा गरेको माघ ३ को विरोधको प्रचारका लागि माघ २ मा ‘दौड जुलुस’ प्रर्दशन गरिने भएको छ। दौड जुलुस ७७ जिल्लामा हुने संघका अध्यक्ष राजीव ढुङ्गानाले जानकारी दिए। माघ ३ गते ७५३ गाउँ/नगरमा विरोध प्रर्दशन र सभा गर्ने गरी पार्टीले निर्णय गरेको छ।
तेश्रो चरणको विरोध प्रर्दशन तय गरेको पार्टीको कार्यमा सहयोग पुर्याउने गरी माघ ७ मा सिठ्ठी जुलुस निकाल्ने संघले जनाएको छ। माघ ८ गते ६ हजार ७४३ वडामा पार्टीले आयोजना गरेको विरोधको प्रचारात्मक अभियानका लागि माघ ७ मा ७७ वटै जिल्लामा ‘सिठ्ठी जुलुस’ गर्ने संघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए।
माघ १० गतेदेखि माघ १६ सम्म जिल्ला पार्टीसँग समन्वय गरी ‘लोकतन्त्र र संविधानको रक्षार्थ खवरदारी एवं जागरण अभियान’ गर्न मातहतका संगठनलाई परिपत्र गरेको छ।