२८ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई कुर्सीबाट हटाउने डेमोक्रेट्सको कोसिसले अब उनकै केही साथी रिपब्लिकनको साथ पाएको छ ।प्रतिनिधि सभाकी रिपब्लिकन लिज चेनीले अघिल्लो हप्ताको अमेरिकी संसदमा भएको हिंसा देखेपछि ट्रम्पविरुद्ध महाभियोग चलाउनका लागि मतदान गर्ने बताएकी छिन् ।

पूर्व उप–राष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले महाभियोगको समर्थन गर्ने बताएकी छिन् । रिचर्ड नेक्सनको समयपछि पहिलो पटक राष्ट्रपतिलाई आफ्नै नेताका कुनै नेताले यस्तो गरेका छन् । लिज चेनीले एक बयानमा भनिन्, ‘यसअघि अमेरिकाका कुनै पनि राष्ट्रपतिले आफ्नो अफिस र संविधानको शपथमाथि यति ठूलो विश्वासघात गरेका छैनन् ।’लिजले थपिन्, ‘ट्रम्पले भीडलाई बोलाए, उनीहरुलाई जम्मा गरे, यो हमलालाई प्रश्रय दिए ।’हाउसका अन्य दुई रिपब्लिकन सदस्य, जोन काटको र एडम किंजिनरले पनि महाभियोगका लागि मतदान गर्ने बताएका छन् ।

यसअघि राष्ट्रपतिले आफ्ना समर्थकले गरेको हमलाको जिम्मेवारी लिन अस्विकार गरेका थिए । २० जनवरीमा डेमोक्रेट जो बाइडेनले उनको स्थान ओगट्नेछन् । हाउसले बुधबार मतदान गर्ने योजना बनाएको छ जसमा डोनाल्ड ट्रम्पविरुद्ध विद्रोह भड्काउने आरोप लगाइनेछ । यसपछि उनी पहिलो राष्ट्रपति बन्नेछन् जसले दुई पटक महाभियोगको सामना गर्नुपर्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]