०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – “मल कहिल्यै पनि समयमा आएन, मल कहाँ पाइन्छ भन्ने जनतालाई थाहा पनि छैन । भौतारिएर दमौली बजार पूरै घुम्दा पनि मल नपाउँदा जनतालाई दुःख भयो”, तनहुँको व्यास नगरपालिका–१ देबबहादुर गुरुङले गुनासो राख्दै भने, “बीउ पनि कहिल्यै पनि समयमा आउँदैन ।”

नगरपालिकाले केही समय अगाडि मात्रै आलुको बीउ वितरण गर्‍यो । उक्त बीउ लिनका लागि नगरवासीले सास्ती भोग्नुपरेको गुरुङले सुनाए । उनले भने, “वडाले बीउ लिनका लागि सूचना गर्‍यो, हामीले सोहीबमोजिम वडामा टिपायौँ तर आलुको बीउ लिनका लागि ठूलो हण्डर खानुपर्‍यो ।” वडाले आलु बिक्री गर्ने बिक्रीकर्तालाई सम्पर्क गर्न आग्रह गरे पनि पटक–पटक फोन गर्दा सुनुवाइ नभएको गुरुङले बताए । तनहुँको व्यास नगरपालिकाले हिजो (मंगलवार) आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै गुरुङले नगरपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताए ।व्यास नगरपालिका–६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गरे । “अनुदान दिने व्यवस्था न्यायोचित भएन, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरवासीलाई सूचना प्रवाह गरिएन”, न्यौपानेले भने । नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिँदा पनि नगरपालिका चुप लागेर बसेको उनले आरोप लगाए ।न्यौपानेले नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको बताए । “धाउँदा धाउँदा तिघ्रा कामिसक्दा र चप्पल फाटिसक्दा पनि योजना सम्झौता हुन सक्दैन”, उनले भने । वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहँदा वडाध्यक्षहरुले अनुगमन नगरेको उनले गुनासो गरे ।

व्यास नगरपालिका–१ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट विवरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिँदा न्यायोचित नभएको गुनासो गरे । “जनसङ्ख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हचुवाका भरमा बजेट विनियोजनले न्यायोचित भएन”, उनले भने ।व्यास नगरपालिका–२ का इमकुमार मल्लले बजार क्षेत्रमा सार्वजनिक जग्गा हराउँदै जाने क्रम बढेकाले त्यसतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गरे । व्यास नगरपालिका–१ का भरप्रसाद पन्थले घरको नक्शा बनाउने क्रममा एउटै बाटोको दूरीमा पनि फरक–फरक मापदण्ड कायम गरेर स्वीकृति दिइएको बताए ।नगरवासीको गुनासो सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताए । उनले प्रत्येक वडामा भएका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिको प्रतिबद्धता व्यक्त गरे। समयमै मल र बीउ नपाएको विषय अत्यन्तै संवेदनशील रहेकाले यसतर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको न्यौपानेले बताए ।सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्त गुरुङले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना विवरण सार्वजनिक गरेका थिए ।

वडाध्यक्ष कप भलिबलको उपाधि वडा ११ लाई :
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी नगरपालिका–११ राइपुरले जितेको छ । युवा तथा खेलकूद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा हिजो (मंगलवार) वडा नं १२ ढोर फिरफिरे (क) लाई ११ ले पराजित गरेको हो । २५–१८, २५–१९, २५–२३ को सोझो सेटमा हराउँदै वडा ११ लेउपाधि हात पारेको हो ।

उपाधिसँगै वडा नं ११ ले नगद ६० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको वडा नं १२ (क) ले ३० हजारमा चित्त बुझायो । यसअघि सोमवार भएको सेमिफाइनलमा वडा नं १ थप्रेकलाई हराउँदै ११ फाइनल प्रवेश गरेको थियो । वडा नं ५ बेलचौतारालाई हराउँदै १२ (क) फाइनल यात्रा सुरक्षित गरेको थियो ।

वडा नं १ ले वडा नं ५ लाई २५–१६, २५–१९, २३–२५ र २६–२४ को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो हुने वडा नं १ ले नगद १५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । विजेतालाई वडाध्यक्ष मनराज गुरुङले पुरस्कार वितरण गरे । २८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगिता आइतरवादेखि शुरु भएको हो । वडा नं १२ का दुईसहित १० समूह सहभागी भएका थिए । शुक्लागण्डकीका १२ वटै वडाका समूहलाई प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगितामा वडा नं २, ४ र ८ भने सहभागी नभएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]