०७ जेठ २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चले मुद्दाको बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ । रिट निवेदनमाथि पुष २२ गतेबाट सुनुवाई शुरु भएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको कदम असंम्बैधानिक भएको भन्दै प्रतिनिधि सभा बिघटन बिरुद्ध सर्वाेच्चमा रिट निबेदन १३ वटा रिट निवेदन परेका छन ।

रिट निवेदकले उक्त मुद्दामा सर्वाेच्चको बृहत पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने माग राखेका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आजको इजलासमा अर्का न्यायाधीश तोक्नुपर्ने छ । यस अघि सम्बैधानिक इजलासमा रहनुभएका न्यायाधीस हरिकृष्ण कार्की माथि कानूनबिदहरुले निष्पक्षताको प्रश्न उठाएपछि उहाँले इजलासमा नवस्ने घोषणा गर्नुभएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँचजना न्यायाधीश रहने व्यवस्था छ । यही १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र सभामुखको तर्फबाट यही पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]