२८ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – सामान्य अवस्थामा निमुखालाई यातायात कार्यालयमा गएर काम फत्ते गर्नु भनेको सानोतिनो युद्ध जित्नुसरह नै हुन्छ। दलाली वा कार्यालयका उच्च तहका कर्मचारीसँग पहुँच राख्न नसक्नेहरू कुनै काम लिएर पहिलोपटक यातायात कार्यालय पुगे पनि कामै नगरी आत्तिएर फर्कनुपर्ने अवस्था छ। सर्वसाधारणले भोग्दै आएको दुःखका शृंखला सोमबार फेरि दोहोरियो। सवारी चालक अनुमतिपत्र लिने आशमा लिखित परीक्षाका लागि घन्टौसम्म लामवद्ध सर्वसाधारण परीक्षा नै नदिइ फर्कनुपर्यो। निमुखा जनतालाई दुइटा सरकारी कार्यालयको विवादको चपेटामा पार्नु अन्याय हो। यस्तो गल्ती अबदेखि कुनै पनि सरकारी कार्यालयले दोहोऱ्याउनु हुँदैन।

सवारीचालक अनुमतिपत्र प्रदान गर्नुअघि लिइने लिखित परीक्षाको पारदर्शिताका विषयमा यातायात कार्यालय र ट्राफिक प्रहरीबीच विगतदेखि नै सामान्य विवाद थियो। परीक्षा सञ्चालन हुने ठाउँमा सीसीटीभीको व्यवस्था गर्नुपर्ने ट्राफिकको चाहना छ। सोमबार उपत्यकामा तोकिएका केन्द्रमा परीक्षार्थी समयमै पुगे पनि ट्राफिकका प्रतिनिधि नआएकाले परीक्षा हुन पाएन। सर्वसाधारण केन्द्रमा परीक्षा दिन तयारी अवस्थामा पुगेका थिए। तोकिएको समयभन्दा झन्डै दुई घण्टापछि मात्रै ट्राफिकका प्रतिनिधि नआउने जानकारी पाएपछि परीक्षार्थीलाई त्यसै फर्काइयो। यो घटनामा यातायात कार्यालयले ट्राफिक प्रहरी महाशाखाको असहयोगका कारण परीक्षा हुन नसकेको बताएको छ । ट्राफिकले भने सडकमा हुने जाम व्यवस्थापनमा जनशक्ति खटाउनुपर्दा परीक्षा केन्द्रमा पठाउन नसकिएको बताएको छ। तर जसको कमजोरी भए पनि परीक्षाको पर्खाइमा बसेका सयौं नागरिकले व्यर्थेमा हैरानी बेहोर्नुपर्यो। यो हैरानीको जिम्मेवारी कसले लिने? अरूका गल्तीको भागिदार निमुखा नागरिकलाई किन बनाउने ? यसको जवाफ यातायात कार्यालय र ट्राफिक महाशाखाले दिनुपर्छ। आउने दिनमा यस्ता त्रुटि हुन नदिने प्रतिबद्धता जनाउनुपर्छ। पक्कै पनि परीक्षा हुने भएपछि केन्द्र र मिति अघिल्लो दिन नै तय गरिन्छ। सामान्यतया विगतमा हुँदै आएको शैलीमा परीक्षा चलाउन कति जनशक्ति चाहिने, कुन निकायबाट कतिजना प्रतिनिधि सहभागी हुने भन्ने पनि पहिले नै निक्र्योल हुन्छ। परीक्षा सञ्चालनको शैलीप्रति कुनै निकायको असन्तुष्टि वा समस्या छन् भने पनि छलफलबाटै टुंग्याउनुपर्छ। तर जनतालाई अन्योलमा पारेर परीक्षालाई अनिश्चित बनाउनु हुँदैन। हिजोआज सधैंजसो सडकमा राजनीतिक दलको विरोध प्रदर्शन, आमसभा र जुलुस भइरहेको छ। यसले ट्राफिक प्रहरीलाई भीड नियन्त्रण र यातायात आवागमनलाई चुस्त बनाउन सकस भइरहेको छ । यसको प्रभाव सवारी अनुमतिपत्र वितरणमा देखिएको हो भने वैकल्पिक व्यवस्था हुनुपर्छ। ट्राफिक प्रहरीको समस्यामा पनि सरोकारवाला निकाय गम्भीर बन्नुपर्छ। निकै अप्ठ्यारो परेको अवस्थामा सीसीटीभी जडान भएको हलमा परीक्षा चलाउँदा थोरै जनशक्तिले पनि काम चलाउन सकिन्छ भन्ने ट्राफिक महाशाखाको राय हो भने यसलाई पनि सकारात्मक मान्नुपर्छ। लामो समयपपछि हुन लागेको परीक्षा भएकाले फेरि पनि पटकपटक स्थगित गरिँदा सीधा असर सर्वसाधारणमाथि पर्छ भन्ने वास्तविकतालाई बिर्सनु हुँदैन।

जसका कमजोरी भए पनि सोमबारको परीक्षामा सवारी चालक अनुमतिपत्रको पर्खाइमा बसेका सयौं जनताले एकैपटक दुःख पाए। जिम्मेवार निकायको लापरबाहीले यो परिणाम निम्त्याएको हो। कोरोनाको संक्रमण रोकिएला र लाइसेन्स लिउँला भनेर दिन कुरेर बसेका जनतालाई बल्लबल्ल हुन लागेको परीक्षाका लागि केन्द्रमै पुगेर पनि रित्तो हात फर्कनुपर्ने लाजमर्दो अवस्था अबदेखि आउन दिनुहुन्न। ट्राफिक प्रहरी र यायातायात कार्यालय दुवैको कामको प्रकृति हेरेर सर्वसाधारणले पनि आफ्नो तर्फबाट सक्दो सकारात्मक भूमिका निर्वाह गरिदिनुपर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]