२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – नेपाली कांग्रेसका नेता धनराज गुरुङले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने भारतीय पत्रकारको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सहितको टोलीले सरगरमाथि क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।उनले आफूलाई राष्ट्रिवादी भन्ने प्रधानमन्त्री ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नांगिएका ओलीलाई त्यसको केही समयमै भारतको एउटा सञ्चारमाध्यमले नंग्याएको बताएका हुन्।

‘गोयलले प्रम ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्‍याएपछि निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरवार्ता दिए। तर, ओलीले कालापत्थर पुर्‍याएको जी न्युज टिमले ‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो’, बुधबार बिहान ट्विटरमा नेता गुरुङले लेखेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]