२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – सगरमाथाको विषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।दाहाल-नेपाल निकट अनेरास्ववियू जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवलस्थित मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य अनुप पोखरेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भारतीय इशारामा चलेको प्रस्ट देखिएको छ। उनी लाज पचाएका मान्छे हुन्। नेपालको प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेको छ।’ जसले नेपालको अखण्डतामाथि धावा बोल्यो तिनै सुधीर चौधरी र जी न्युज टिमलाई बोलाएर प्रधानमन्त्रीले शिर झुकाउने काम गरेको उनको भनाइ छ।

‘बालुवाटारमा हामीले तिरेको करबाट भोज खाएका चौधरीले सगरमाथा बेस क्याम्प पुगेर फेरि नेपाल र नेपालीको स्वाधिनतामाथि मिडियामार्फत् आक्रमण गरेका छन्,’ उनले भने। विद्यार्थीहरूले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]