२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले सरकारले घोषणा गरेको १७ र २७ वैशाखको निर्वाचनका लागि आन्तरिक छलफल र तयारी सुरु गरेका हुन् ।

तीनै सुरक्षा अंगले कोरोना महामारीलाई समेत ध्यानमा राखेर सुरक्षा योजना बनाउनेबारे छलफल गरिरहेका छन् । नेपाली सेनाले निर्वाचनको तयारीका सन्दर्भमा सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहने बताएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनदेखि सञ्चार साधन र बन्दोबस्तीका सामग्री माग गरेको छ ।सुरक्षा निकायले आआफ्ना तवरबाट निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजना र रणनीति बनाउन आन्तरिक छलफल गरिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको नेतृत्वले गृहमन्त्री रामबहादुर थापासहित अर्थमन्त्री विष्णु पौडेललाई आवश्यक पर्ने स्रोत तथा साधनका विषयमा जानकारीसमेत गराइसकेका छन् ।सो क्रममा नेपाल प्रहरीका तर्फबाट २०७४ सालमा सम्पन्न निर्वाचनको अनुभवलाई आधार मानेर सवारी साधनदेखि बन्दोबस्तीका सामग्रीमा कमी महसुस भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ । यस्तै निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन गरिसकेपछि आवश्यक पर्ने म्यादी प्रहरीको संख्या निर्धारण गर्न सकिने विषयमा छलफल भएको छ ।प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन गरेपछि त्यहीअनुसारको संख्या निर्धारण गरेर नेपाल प्रहरीले म्यादी प्रहरीका लागि भर्ना आह्वान गर्ने जानकारी दिए ।गृह मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले सुरक्षा निकायले आवश्यक पर्ने स्रोत साधनको माग गरेबमोजिमका सामग्रीको अभाव हुन नदिने भन्दै न्यायोचित स्रोधसाधनको माग गर्न तीनै वटा सुरक्षा अंगका प्रमुखलाई आग्रह गरे । उनले विगतका निर्वाचनमा भएका खर्च विश्लेषण गरी मितव्ययी रूपमा निर्वाचन केन्द्रित बजेट प्रस्ताव गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।प्रहरीका प्रवक्ता एसएसपी कुँवरले छलफलका क्रममा निर्वाचनमा लाग्ने आवश्यक स्रोत साधनको प्रारम्भिक खाकाबारे जानकारी गराइएको र त्यसमा सवारी साधनदेखि सञ्चार साधन र बन्दोबस्तीका सामग्री उल्लेख गरिएको जानकारी दिए ।सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले सवारी साधन, सञ्चार, लजिस्टिक सामग्री र दंगा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री प्रस्ताव पेस गरिएको जानकारी दिए । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले सुरक्षा निकायबाट निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधनबारे प्रारम्भिक खाकाको जानकारी गृह नेतृत्वसँग गराएको बताए ।

‘निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनका विषयमा केही खाका आएका छन् । सवारी साधनदेखि सञ्चार र लजिस्टिक सामग्रीको आवश्यकताबारे गृह नेतृत्वलाई जानकारी गराइएको छ । सुरक्षा अंगबाट अहिले नै प्रपोजल आइसकेको भने होइन,’ गृह मन्त्रालयका सहप्रवक्ता लामिछानेले राजधानीसँग भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]