०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद् ललितपुरद्वारा आज यहाँ आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेशस्तरीय छलफलमा उनले आवश्यक कानून एवं प्रभावकारी कार्यक्रम तर्जुमा गरी प्रदेशलाई बालमैत्री बनाउने बताए ।

मुख्यमन्त्री राईले बालबालिका आजका कर्णधार एवं साझेदार हुनाका साथै भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरुलाई सक्षम र सबल बनाउनु आवश्यक नीति निर्माण गर्नु हाम्रो कर्तव्य भएको तर्क गरे । उनले बालबालिकाका अधिकार सम्पूर्णरुपमा सुरक्षित र सुनिश्चित गर्न प्रतिबद्धसमेत व्यक्त गरे । “नेपालको संविधान २०७२ को धारा, ३९ अनुरुप बाल अधिकारलाई मौलिक अधिकारका रुपमा स्वीकार गरिएको छ”, उनले भने, “अन्तर्राष्ट्रियरुपमा बालअधिकारको आह्वानलाई आत्मसात् गर्दै बालबालिकाकाविरुद्ध सबै प्रकारका फौजदारी र दण्डसजायलाई कानूनीरुपमा बन्द गर्ने घोषणा गर्ने नेपाल ५४ औँ मुलुक हो ।”मुख्यमन्त्री राईले नेपालको संविधानले प्रतिवाद र स्थापना गरेका बालबालिका सम्बन्धित ऐन २०७५ ले दफा ३ देखि १५ सम्म १३ वटा बालअधिकारको सुनिश्चिततालाई समुचित सम्मान र संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखे । उनले प्रदेश नं १ लाई स्वच्छ र सुखी तथा सम्मुनत प्रदेशका रुपमा यसको सर्वाङ्गीण विकास र बालबालिकाको अधिकारको संरक्षण गरी उनीहरुको समुचित विकासका लागि आवश्यक योजना, नीति तथा कार्यक्रमलाई आगाडि सारेको चर्चा गरे ।मुख्यमन्त्री राईले विद्यालय केन्द्रित प्रदेशका दुई हजार विद्यालयका दुई लाख विद्यार्थीलाई सङ्गठित गरी सचेत, सभ्य र इमान्दार नागरिक उत्पादन गर्न सचेतना फैलाउने जिम्मेवारीका साथ ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लब गठन गरेर विशेष अभियान सञ्चालन गरेको जानकारी गराए । उनले प्रदेश सरकार बालबालिकालाई भोलिका प्रतिस्पर्धी, सक्षम, सुयोग्य बनाउन ध्यानमा राखी योजनाबद्धरुपमा अगाडि बढिरहेको चर्चा गर्दै प्रदेशमा सडक बालमुक्त अभियानको थालनी शुरु गरी प्रदेशलाई ‘सडक बालकमुक्त’ र ‘बालमैत्री सरकार’ बनाउने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहले बाल कल्याण अधिकारी तत्काल नियुक्ति गर्न वा तोक्नुपर्नेमा जोड दिँदै वर्तमान अवस्थामा ३३ प्रतिशत बालबालिकाले जन्मदर्ता एवं पहिचानविहीन अवस्थामा रहेकाले पालिकाहरुको ध्यानाकर्षण गराए । सार्क राष्ट्र बालअधिकारको क्षेत्रबाट नेपालको प्रतिनिधित्व गर्ने प्रेनुसा पाण्डेले सामुदायिक र निजी विद्यालयलाई शिक्षामा छात्रवृत्तिका लागि स्थानीय निकायले आवश्यक पहल गर्नुपर्ने तथा असुरक्षित बालबालिकाको गुनासा सुन्ने स्थानबारे जानकारी गराउन आग्रह गरिन् ।

छलफलमा प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख विभिन्न नगरपालिका, गाउँपालिकाका प्रमुख उपप्रमुख, बालबालिका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रमुख मानवअधिकार मञ्चका पदाधिकारी एवं प्रतिनिधिको सहभागिता थियो । छलफलबाट आएको सुझावलाई स्थानीय पालिकाले बालबालिकाको हक अधिकार, संरक्षण शिक्षा, खेलकूद आदिमा ऐन कानून निर्माण गरी योजनामार्फत कार्यान्वयन गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]