सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका २ मोहनपुर स्थित साँढेले हानेर गए राति एक वृद्धाको मृत्यु भएको छ ।
सार्वजनिक रुपमा छाडिएको साँढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिडिरहेकी ८० वर्षीया दुर्गी देवी
साहसाहलाई पछाडीबाट हानेर घाईते भएकी र तत्काल उनलाई उपचारकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन ।
यता ती महिलाको शव हाल राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।