३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ११, २०७७

सुनसरीको बराहक्षेत्र-१ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।

मिति २०७७ साल असोज १० गते २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत अवस्थामा देखी प्रहरीलाइ खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग(कुकुर ) सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ ।

घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनिहरु बिच बादविबाद हुदा ति बालकले मिनालाइ सिँसाको बोत्तलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको उनिमाथी गरिएको सोधपुछका क्रममा खुल्न आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]