२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुर्नकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै पुर्नकर्जाका लागि आवेदन माग गरेको हो ।

पहिलो पटक प्रकाशित गरेको सो सूचनाका अनुसार लघुवित्तहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्त वित्तीय संस्थाहरुले आवेदन दिँदा विभिन्न नियमहरु पालना गर्नु पर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।
लघुवित्त कम्पनीहरुले आफनो पुँजीकोषको ६५ प्रतिशतसम्मको रकमको लागि पुर्नकर्जा आवेदन दिन सक्ने, अघिल्लो त्रैमासको पुँजीकोषको अनुपात राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने, पुँजी योजनाअनुसार चुक्ता पुँजी पुगेको हुनु पर्ने, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा सीईओ कारवाहीमा नभएको हुनुपर्ने लगायत शर्तहरु पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै, आफ्नो कार्य क्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको संस्थाले आवेदन दिन पाउन छन् भने आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह गरेको संस्थाले आवेदन दिन पाउने छैनन् । विगत एक वर्षमा राष्ट्र बैंकबाट सिघ्र सुधारात्मकलगायत कुनै कारवाहीमा नपरेको संस्थाले आवेदन दिन पाउने छन् भने कुनै कारवाहीमा परेको संस्थाले आवेदन गर्न पाउने छैनन् ।
पुर्नकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त श्रोतको आधारमा सम्पूर्ण ऋणिको व्याजदर कम हुने गरी व्याजदरमा समायोजन हुनु पर्ने सर्त पनि राष्ट्र बैंक्ले राखेको छ ।
रितपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगरिने पनि उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]