१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक सभा आयोजना हुन लागेको छ।नागरिक आन्दोलनको अगुवाइमा अहिले दिउसो २ बजे प्रज्ञा बडलीमा नागरिक सभा हुन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि त्यसको विरोधमा नागरिक आन्दोलन सुरु गरिएको हो।

प्रज्ञा डबलीमा आयोजना हुने नागरिक सभालाई नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई नागरिक समाजका अगुवा कृष्ण पहाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका व्यक्तिहरुले सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। यसको विरोधमा नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंगठन आन्दोलनमा छन्।यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ। भोलि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]