२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टिभी सिरियलहरु र टिभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरुसहितको नेटटिभी प्राइम प्याकेज उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्तर्गत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेजप्रति महिना ९९ रुपैयाँमा नेटटिभी सेट टप बक्स भएका ग्राहकले लिन सक्छन् ।हंगामा बाहेक, नेटटिभी प्राइम प्याकेजसँगै नेटटिभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेभ श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरुलाई कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेटटिभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटिभी सिनेप्लसको वर्ग अन्तर्गत प्रशारण गर्दैछ ।नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटिभीले सार्वजनिक गरेको नेटटिभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरी तीन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय बेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामग्री रहेको नेटटिभी प्राइम प्याकेज अन्तर्गत वर्ल्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटिभी सिनेप्लस र हंगामासहित नेटटिभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेटबाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटिभी एन्ड्रोइड र आईओएस एपमा नेटटिभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेका छौं ।

प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्छन्, ‘हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]