१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – सहरी विकासमन्त्री प्रभु साहले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीको नाममा व्यापारी भएको गम्भीर आरोप लगाएका छन् ।

साथै उनले यही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो मात्र फाइदा हेर्ने स्वार्थी व्यक्ति भएको आरोप पनि लगाएका छन् । रौतहटको क्षेत्र नं. ४ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई चन्द्रनिगाहपुरमा सम्बोधन गर्दै मन्त्री साहले प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको बताए । आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्डको विरोधमा खर्चेका मन्त्री साहले माधव नेपाल हदैसम्मको स्वार्थी र प्रचण्ड माओवादीको नाममा व्यापार गर्ने एक व्यापारी भएको गम्भीर आरोप लगाए । लामो समयदेखि माओवादीमा विनाचुनाव अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल, वैद्य, विप्लवसहितका दर्जनौँ सक्कली माओवादीले उनलाई छाडेको र उनी अझै माओवादीको नाममा व्यापार गर्दै आफ्नो परिवार उत्थानमा मात्र लागेको उनले आरोप लगाए ।

प्रचण्डले माओवादीको नाममा सबै सिद्धान्त बेच्दै आएको आरोप लगाउँदै साहले अब आएर उनी सूर्य चिह्नको पछाडि लाग्नुले नै उनी नक्कली कम्युनिस्टको कित्तामा गइसकेको ठहर गरे । मन्त्री साहले प्रचण्ड आफ्नो जीवनको अन्तिम राजनीतिक रक्षात्मक अवस्थामा आइपुगेको पनि बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]