१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको मुद्दामा आज सुनुवाइ ताेकिएकाे छ।स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो। एनसेलको मुद्दा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ।

२०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियटामा सरेको थियो। स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो। यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ।

आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो। सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो।त्यहि रिटमा आज पुनः सुनुवाइ तोकिएको छ। आज भने प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाइ हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]