सप्तरी – खडक नगरपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरेको हो ।
नगरपालिकाका प्रमुख हुमयु हक को प्रमुख अतिथिय्मा उक्त कार्यक्रम दिप प्रज्वलन गरि सुरुवात गरिएको थियो । कागजी प्रक्रियालाई डीजिटल रुपमा परिवर्तन गर्नको लागि प्रमुखले उक्त कार्यक्रम जानकारी गराए । यता खडक नगरपालिकाका प्रमुक प्रसासकिय अधिकृत राम नारायण साहले पुरानो कागज समेत अब अनलाइन गरिने बताएका छन । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरणको लागि सम्पूर्ण वडामा तालिम समेत दिईने बताएका छन ।
यता सम्पूर्ण वडाका सचिबहरु लाई पुरानो ढाचा छोडी नयाँ ढाचामा जाना र प्राबिधिक लाई सदुपयोग गर्दै कम्प्युटराइज गर्न सबैमा आग्रह गरेका छन ।त्यसै गरि नगरपालिका आइ टि मनोज कुमारले अहिल्यका अवासकता अनुसार जानुपर्छ भन्दै आग्रह गर्दै तालिम समेत दिईने जानकारी गराए ।