०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सम्झनामा सोमबार साँझ झापाका विभिन्न शहरका चोकहरुमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकको डाँफेमुनाल चोक तथा अन्य चोकमा दीप प्रज्वलन गरी राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती मनाइएको छ ।

पहिलो पाईला नेपाल तथा अन्य राष्ट्रवादीहरुको समुहले झापामा दीप प्रज्वलन गरेको हो । दमकमा शाही शक्तिका पुर्वाञ्चल प्रमुख लिप्सन बास्तोलासहितको उपस्थिति रहेको थियो भने राप्रपाका अर्जुन रेग्मी, भवानी सुवेदी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।पहिलो पाईलाका अध्यक्ष दीपक खड्का, उपाध्यक्ष निशा घिमिरे, शुरेश बराल, वीर गोर्खालीका उमेश लामा तथा मेघनाथ फुयाल, रेवत बस्नेत, विक्रम राई, मनोज लिम्बु, हरी थापा लगायत राष्ट्रवादीहरुको पनि सहभागिता रहेको थियो ।

दमक चोकमा करिब एक सयको उपस्थिति रहेको थियो भने इप्रका अगाडीको चोकमा पहिलो पाईलाका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । सोमबार देशभर नै २ सय ९९ औं राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती राष्ट्रवादीहरुले मनाएपनि सरकारले भने कुनै कार्यक्रम गरी मनाएन् । त्यस्तै अन्य राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गरेनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]