०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – कर्नाटकमा भएको सडक दुर्घटनामा भारतका केन्द्रीय मन्त्री श्रीपद नाइक घाइते भएका छन् । एक अधिकारीका अनुसार घटनामा उनकी पत्नी र एक सहायोगीको मृत्यु भएको छ । नाइकसँग उनकी पत्नी विजया र सहयोगी यात्रा गर्दै थिए । उत्तर कन्नड जिल्लाको अंकोला नजिकै यो दुर्घटना निम्तिएको हो । मन्त्री नाइक कर्नाटनस्थित एक धर्मिकस्थलबाट गोआ फर्कदै थिए । अधिकारीहरुका अनुसार नाइकका उपचारका लागि गोवा मेडिकल कलेजको सह अस्पतालमा लगिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नाइकको उपचार विशेष ध्यान दिन आग्रह गर्दै गोआका मुख्यमन्त्री प्रमोद सावन्तसँग टेलिफोन वार्ता गरेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सावन्तसँग नाइकको उपचारका विषयमा कुराकानी गरेका थिए । कर्नाटकका मुख्यमन्त्री बिएस येदीयुरप्पाले मन्त्री पत्नी विजयाको निधनमा शोक व्यक्त गरेका छन् । उनले मन्त्रीको सिघ्र स्वास्थलाभको काम पनि गरेका छन् ।

६८ वर्षका श्रीपदले अहिले आयुुष मन्त्रालयको काम सम्हालिरहेका छन् । आयुुष मन्त्रालयले आयुुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी हेर्छ । मन्त्री श्रीपद उत्तरी गोआबाट भारतीय जनता पार्टीका लोकसभा सदस्य पनि हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]