२४ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् ।
यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ । र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन् । सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन् । त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयल ठूलो झट्का दिएको छ । ‘ यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ । पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पनि विज्ञप्तिमा जनाइएको छ । यासिनले यसअघि गत अक्टुुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए । त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।

यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ । मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो, जतिबेला साम्प्रदायिक दंगाका क्रममा देशको राजधानी शहरमा सयौंको ज्यान गएको थियो । लुटपाट समेत बढेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]