१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको बताएका छन् ।

नेकपा जिल्ला कमिटी बाराद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको स्पष्ट पारे। प्रधानमन्त्रीले मुलुकमा नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई सह्य नभएको स्पष्ट पारे ।

उनले महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने बताए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले अब निर्वाचन कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरे । कार्यक्रममा नेकपा प्रदेश २ का इन्चार्ज एवं नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेकपाका केही नेताले आफ्नो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाउन खोजेको आरोप लगाए।

पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज बलवीर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सभा सदस्य ज्वालाकुमारी साह, त्रिलोकी चौधरी, महम्मद समीरलगायतका नेताले निर्वाचन नै अबको निकास भएको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]