२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मीलाई प्रक्राउ गरेको छ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए ।

“प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा हामीले रेग्मीलाई पक्राउ गरेका हौं,” महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले बाह्रखरीसँग भने, “अनुसन्धान सुरु भएको छ । प्रकृया अनुसार अगाडि बढ्छौं ।”यसअघि गायक प्रमोद खरेललाई गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन दिएका थिए ।प्रतिलिपि अधिकार हनन्को विषयमा प्रहरीले आरोपीलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ । प्रतिलिपि अधिकारका विषयमा पटक–पटक विवाद र उजुरी परे पनि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र प्रहरीमा पुगेपछि बीचमै मिलापत्र हुने गरेको छ आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख थियो । “सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,” अपिलमा लेखिएको थियो, “उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई स्रस्टा प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गालीगलौज र मानमर्दनविरुद्ध कानुनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन हुन अपिल गर्दछौं ।”अपिलसहित कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराईलगायत थिए ।

केही दिनअगाडि गायक गायिकाहरुको संस्था प्रस्तोता समाजले प्रमोदलाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ बमोजिम कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।विन्ध्यवासिनी म्युजिकले विनाअनुमति प्रमोदले आफूले तयार पारेको गीतसंगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको भन्दै रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । २०६६ चैत २७ देखि प्रणय एल्बमको व्यापार तथा बजार प्रवर्द्धनका लागि पाँच वर्षको समय विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापारव्यावसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै प्रमोद कानुनी उपचार खोज्दै प्रहरीसमक्ष पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]